बोर्डमा मलाई नपठाउनु पनि महिला हिंसा हो : रेखा थापा

चलचित्रकर्मीहरु ९ बुँदे माग राख्दै चलचित्र बिकास बोर्डमा ताला लगाउन पुगिरहेका बेला नायिका रेखा थापाले भने प्रधानमन्त्री डा. बाबुराम भट्टराइसँग भेट गरेकी छिन् ।

बुधबार बिहान भएको भेटमा रेखाले प्रधानमन्त्रीलाई चलचित्रकर्मीको आन्दोलन र महिला हिंसा बिरुद्धको आन्दोलनका बिषयमा जानकारी गराएकी थिइन् । नायिका थापाले आफुले प्रधानमन्त्रीलाई चलचित्र बिकास बोर्डमा गैह्र चलचित्रकर्मी आउनु हुँदैन भन्ने बिषयमा जानकारी गराएको पनि बताइन् । थापाका अनुसार भेटमा प्रधानमन्त्रीले आफु यो बिषयमा गम्भीर भएको भन्दै सञ्चारमन्त्री राजकिशोर यादवले गैह्रचलचित्रकर्मी ल्याउन खोजेकाले सबै कुरा अड्किएको बताएका थिए । प्रधानमन्त्रीले महिलाहरुले अब चलचित्र क्षेत्रको नेतृत्व लिनुपर्छ भन्दै आफुले चालेको कदमको स्वागत गरेको रेखाको भनाइ छ । यस्तै नायिका रेखा थापाले अनलाइनखबरसँग कुरा गर्दै सञ्चारमन्त्री यादवले आफु महिला भएकै हिसाबले विकास बोर्डमा नपठाउने योजना रचेको बताइन् । ‘यो पनि एउटा महिला हिंसा नै हो ।’ रेखाले भनिन्, ‘यदि म महिला भएकै हिसाबले सञ्चारमन्त्रीले आफुलाई बोर्डको अध्यक्ष बनाउनुहुन्न भने त्यो एउटा महिला हिंसा हो ।’ उनले आफु १२ बर्षदेखि यो क्षेत्रमा लागेको भन्दै आफ्नो योगदानको कदर हुनुपर्ने बताईन् । १२ बर्षदेखि आफुले महिलाहरुको अध्यक्षता गरिरहेको भन्दै उनले चलचित्र बिकास बोर्डको नेतृत्व समेत गर्न सक्ने दाबी गरिन् । आफुले ४ महिनादेखि पहल गरेको भन्दै रेखाले घुमाउरो पारामा आफुलाई बिकास बोर्डको अध्यक्ष बनाउनुपर्ने दाबी दोहोर्‍याइन् । पुरा हेर्नुहोस्