नक्कली सुष्मा ठमेलमा वाउन्सरसँग मस्त
विजय आवाज
मनमा भएका पीर
भूलेर
आएँ सबैको सामु
खुलेर
नशालु नशालु यो
रातमा
नाँची नाँची
नक्कली यो
बाउन्सर को
साथमा
मनमा भएका पीर
भूलेर
आएँ सबैको सामु
खुलेर
नशालु नशालु यो
रातमा
नाँची नाँची
नक्कली यो
बाउन्सर को
साथमा
बुधबार दिउँसो काठमाण्डौको ठमेलस्थित एक डान्स बारमा पुग्दा नायिका सुष्मा कार्की उत्तेजक पहिरनमा नृत्य गर्दै थिइन् । उनलाई नृत्य गर्न सिकाउँदै थिए नृत्य निर्देशक कविराज गहतराज ।मदन घिमिरेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाउन्सर’ मा समावेश आइटम गीतमा नायिका कार्की नृत्य गर्न मस्त देखिएकी हुन् । चलचित्रमा उनको साथमा प्रशान्त गिरीको पनि अभिनय छ । चलचित्रको छायांकन सुरु भएको एक साता भैसकेको छ । चलचित्रको यो गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । छायांकनमा पुगेका संगीतकार पोखरेलले गीतले खोजे अनुसारको दृश्य भएको भन्दै खुशी व्यक्त गरे । चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, मौनता श्रेष्ठको लेखन, अनमोल शर्माको मुख्य सहायक निर्देशन छ ।‘बाउन्सर’ को कथाबस्तुमा आधारित रहेर तयार भइरहेको यो चलचित्र चैतको अन्तिम साताबाट प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ । सुष्मा कार्कीको माग पछिल्लो समयमा नायिका भन्दा पनि आइटम गर्लको रुपमा बढिरहेको छ ।