के छापियो आइतबारका दैनिक पत्रिकामा ?
आज मिति २०६९ साल चैत महिनाको ४ गते आइतबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रमुख चार दलले चुनावी सरकारलाई सघाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा शीर्ष नेताहरुसहित ८ सदस्यीय उच्चस्तरीय राजनीतिक समिति गठन गरेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै भारतीय कलेजमा ९ नेपाली छात्रा बन्धक भएको भन्दै कान्तिपुर दैनिकले प्रमुख समाचार छापेको छ ।






