सलमान र सोनाक्षी ओछ्यानमा मस्त (फोटोफिचर सहित)

बलिउडका नम्बर वान अभिनेता सलमान खानले धेरै अभिनेत्रीहरुलाई बलिउडमा स्थापित गराएका छन् । कटरिना कैफदेखि सोनाक्षी सिंहा सम्मका अभिनेत्रीहरु बलिउडमा जम्नुको श्रेय सलमानलाई नै जान्छ, भलै उनीहरुले सलमानलाई जस दिउन् नदिउन् । कटरिना त अहिले बलिउडमा नम्बर वान बनिसकेकी छिन् तर सोनाक्षी भने काम पाउन संघर्ष गरिरहेकी छिन् । सोनाक्षी आवश्यकता भन्दा मोटी तथा ग्लामरस पनि नभएकाले धेरै निर्माताहरु उनलाई आफ्नो फिल्ममा खेलाउन उति रुची राख्दैनन् तर सलमान खानले भने आफ्नो हिरोइनका रुपमा सोनाक्षीलाई रोजाइमा पार्छन् । सलमान खानसँग सोनाक्षीले अभिनय गरेको फिल्म ‘दबंग टू’ रिलिजको तयारीमा छ । यो फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ । यसैबीच फिल्म रिलिज हुने दिन नजिकिइरहेका बेला यो फिल्मबारे चर्चा बढिरहेको छ । दबंग टू का केही दृश्यहरु समेत सार्वजनिक भैरहेका छन् । दबंग टू मा सलमान र सोनाक्षीले मनग्गे रोमान्स गरेको देख्न पाइनेछ ।






हालै सार्वजनिक भएको सलमान र सोनाक्षीको बेडसिनले पनि यो कुरा पुष्टि गर्छ । हेरौँ दबंग टू मा सलमान र सोनाक्षीको रोमान्स भिडियो