आजबाट दुइ रङगको ग्यास सिलिन्डर प्रयोगमा,प्रती सिलिन्डरको २१सय रुपैया

काठमाडौं, फाल्गुन १ । नेपाल आयल निगमले मंगलबारदेखि दुई रंगका सिलिण्डर प्रयोगमा ल्याएको छ । यसअघि पटक–पटक दुई रंगका एलपी ग्याँसका सिलिण्डर प्रयोगमा ल्याउने भनिए पनि ग्याँस उद्योगीको असहयोगका कारण सो अभियान सफल भएको थिएन ।

दुई रंगका सिलिण्डर प्रयोगमा आएपछि नेपाल आयल निगमको मासिक घाटा पनि कम हुने निगमले जनाएको छ । नयाँ व्यवस्था अनुसार सर्वसाधारण उपभोक्ताका लागि हाल कायम रहेका रातो रंगका सिलिण्डर नै प्रयोगमा रहने छन् भने व्यावसायिक प्रयोजनका लागि निलो रंगका सिलिण्डर प्रयोग गरिने छ ।

निगमका अनुसार सर्वसाधारण उपभोक्ताको हकमा मूल्यमा कुनै हेरफेर हुने छैन भने व्यावसायिक प्रयोजनको ग्याँसको हकमा भने मूल्य समायोजन हुन सक्ने छ ।