आफ्नै बहिनीको हत्यारासँग दिदिले गरीन् बिहे !

अर्जेन्टिनी एक महिलाले आफ्नो जुम्ल्याह बहिनीको हत्याको आरोपमा जेल सजाय काटिरहेका युवकसँग विवाह गरेकी छन् । एडिथ कासासले आफ्नै बहिनीको हत्या अभियोजनमा सजाय काटिरहेका भिक्टर सिंगोलानीसँग बिहे गरकी हुन् । छिमेकीहरुले गरेको बिरोधको प्रतिकार गर्दै एडिथले भिक्टरसँग बिहीबार लगनगाँठो कसेकी हुन् ।



भिक्टरसँग प्रेमसम्बन्ध रहेकी एडिथकी बहिनी योहाना एक मोडल थिइन् । उनको प्रेम सम्बन्ध रहेको भनिएका भिक्टर योहानको हत्या अभियोगमा १३ वर्ष जेल सजाय पाएका पीको त्रुन्कादो शहरमा जेल सजाय काटिरहेका छन् ।

परिवारको विरोधका बावदूत एडिथले भिक्टरसँग विवाह गरेको बीबीसीले जनाएको छ । उनी भिक्टरले आफ्नो बहिनीको हत्या नगरेको र उनलाई फसाइएको दावी गर्छिन् । विवाहको खबरले स्थानीयबासी आक्रोसित भएपछि रजिस्ट्रर अफिसमा ठूलो सुरक्षा दिनु परेको थियो । त्यहाँ उपस्थित स्थानीयबासीले ढुंगा र अन्डाले हानेका थिए ।

योहानासँग सम्बन्ध विघ्रने बित्तिकै उनको बहिनीसँग भेट भएको थियो । त्यसपछि सुरु भएको सम्बन्ध अहिले बलियो अवस्थामा पुगि बिहेमा परिणत भएको उनले बताइन् ।

यता जुम्हाल दिदीबहिनीकी आमाले भने एडिथ मानसिक रोगी भएको बताएकी छिन् । १९ वर्षीया योहानको शव सन् २०१० मा खेतमा भेटिएको थियो । उनको छात्तिमा गोली लागेको थियो ।