पैसाका लागि एउटै केटासँग आमाछोरीको लभ अफेयर ! हेर्नुहोस्

अहमदावादको मणिनगरका एक आमा र छोरीले एकजना स्टक एजेन्टको हत्या गरी १७ टुक्रा बनाएका छन् । ती एजेन्टसँग आमाछोरीको अफेयर चलेपछि १७ करोडको सम्पत्ति झ्वाम पार्न उनको हत्या गरेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा जनाइएको छ ।


पश्चिम मुम्बई सहरका मुक्ति साह गुजरात राज्यको अनान्द जिल्लामा गत १२ डिसेम्बरमा मृत अवस्थामा फेला परेका थिए । हत्याको अभियोगमा आइतबार अमिता भाट (५२ वर्ष) र उनकी ३० वर्षीया छोरी धवानीलाई अनान्द प्रहरीले पक्राउ गरेको छ । साहको हत्या आफूहरू मिलेर गरेको आमाछोरीले स्वीकार गरेका छन् । अहमदावादबाट मुम्बई जाने बाटोमा रहेको भसाद गाउँमा साह मारिएका थिए । आइतबार स्थानीय अपराध शाखाका अधिकारीले घटनाको खुलासा गरेका थिए । शाखाका निरीक्षक आरडी डाबहीले हत्याका आरोपित शिक्षित र माथिल्लो वर्गको भएको बताए ।

फेसन डिजाइनरसमेत रहेकी धवानीले करिब ६ महिनाअघि साहको १७ करोडबराबरको सम्पत्ति आफ्ना नाममा दिन एउटा सरकारी कागजात बनाउने षड्यन्त्र बुनेकी थिइन् । अधिकारीका अनुसार सो जघन्य अपराधमा आमाछोरीको संलग्नता भएको भारतमा यो पहिलो घटना हो । सो हत्यामा उनीहरूको संलग्नता भएको पहिलो संकेत अनान्द पोस्टका एक प्रहरी निरीक्षकले पत्ता लगाएका थिए । उनले साहको कारमा सब्जी रहेको एउटा प्लास्टिकको झोला र पछौरी देखेपछि घटनाको खुलासा भएको थियो । ती दुई महिलालाई आएका बारम्बार फोन कलबारेमा थप अनुसन्धान गर्न अनान्द प्रहरीले अहमदावाद प्रहरीलाई आग्रह गरेको थियो । फोन कलको अनुसन्धानपछि दुवै महिलालाई प्रहरीले पक्राउ गरेको थियो । साह बारम्बारको अहमदावाद यात्रामा अमिता नाम गरेकी महिलासँग सम्पर्कमा आएको अनुसन्धानका क्रममा प्रहरी अधिकारीले पत्ता लगाएका थिए ।

अमिता र साहबीच अफेयर चल्न लाग्यो भने अमिताले आफ्नो श्रीमान्को निवृत्तिभरण हुँदा पाउने रकम पनि साहलाई सुरक्षा देखाउँदै साहलाई नै दिएकी दिइन् ।उनकै छोरी धवानीको पनि साहसँग अफेयर चलेको अनुसन्धानका क्रममा खुलेको थियो । साह कहिले आमसँग त कहिले छोरीसँग डेटिङ जाने गर्थे । साह पन्जाबका धनाढ्य भएको धवानीले थाहा पाएपछि उनको मनमा एउटा योजना फु¥र्या । एक पटकको डेटिङमा ती महिलाले साहलाई यस्तोसँग मदिरा पिलाउन बाध्य पार्छिन् कि उनले आफ्नो सम्पत्ति सुम्पन आग्रह गरेको पत्रमा हस्ताक्षर गरेको समेत पत्तो पाउँदैनन् । त्यसपछि दुई आमाछोरीले साहको इहलिला समाप्त पारिदिने निर्णयमा पुग्छन् । तेस्रो प्रयत्नमा फसे साह धवानी र अमिताले साहलाई मार्नका लागि कुकुर लठ्याउने एक प्रकारको विष प्रयोग गर्न खोजेका थिए । तर, सिरिन्जले सो विष नलिएपछि सिरिन्जबाट उसलाई विष दिन असफल हुन्छन् । त्यसपछि उनीहरूले सो विषलाई साहको चियामा मिसाइदिन्छन् । साह बिस्तारै बेहोस हुन थालेपछि धवानीले उसलाई कारको पछि बसालेर साहलाई मुम्बई लैजान भनी आफैं गाडी चलाउँछिन् । आमा अमिता पछिल्लो सिटमा बस्छिन् ।

साह पूर्ण रूपमा बेहोस भएपछि आमाछोरीले उसको घाँटीको प्रमुख नसा र अन्य नसा काटेर कारभित्रै राख्छन् । साहलाई सफाया गर्ने आमाछोरीको यो तेस्रो प्रयत्न भएको उनीहरूले प्रहरी अधिकारीलाई सुनाएको वर्णनमा उल्लेख छ । यसअघि धवानीले लोनाभालामा पुगी साहलाई चट्टानबाट खसाल्ने प्रयत्न गरेकी थिइन् । त्यस्तै, उनले साहलाई मादक पदार्थमा विष हाले पनि साहले अज्ञानतावश पोखिदिएका थिए । साहलाई आक्रमण गरेपछि आमाछोरी कारबाट भागेका थिए । एक मोटरसाइकल चालकलाई देखेपछि उनीहरू दुर्घटनामा परेको भन्दै सहयोग चाहिएको बताएका थिए । मोटरसाइकल चालकले उनीहरूलाई बोरासदमा पु-याइदिएका थिए । तर, उनीहरू भने साह अझै जीवितै भएको हुन सक्ने आशंकमा ऊ मरेको पुष्टि गर्न पुनः घटनास्थलमा पुगेका थिए हेर्नुहोस् भिडियो कसरी भयो त हत्या भनेर जान्न