चीनको रोबोट रेष्टुरेन्ट, जहाँ रोबोटले टक्राउँछ खाना

यो होटल त आधुनिकता र प्रविधिको एक अनुपम उदाहरण हो ।यसो कल्पना गर्नुहोस् त तपाइँ कुनै होटलमा खाना खान जानुभएको छ । जब तपाइँलाई खाना अर्डर लिन आउने र अर्डर मुताविकको खाना टक्राउन कुनै वेटर आउँदैन र रोबोटले खानाको अर्डर लिन्छ र खाना टक्राउँछ भने तपाइँलाई पहिलोचोटी झसँग हुनुहुन्छ होला । सायद म सपनामा छु की भन्ने लाग्छ होला र दोश्रो दुनियामा भएझैँ लाग्छ होला ।

तर रोबोटले खाना टक्राउने होटल खोज्न कुनै दोश्रो दुनियामा जानु पर्दैन । हाम्रै छिमेकी देश चिनमा यस्तो होटल खुलेको छ जहाँ रोबोट कर्मचारीहरु छन् । चीनको हार्बिनमा यस्तो होटेल खुलेको हो । उक्त होटेलमा रोबोटले पाहुनाहरुलाई सेवा गर्ने मात्र होइन मनोरञ्जन समेत दिन्छन् । होटलमा काम गर्ने ती रोबोट एकपक चार्ज गरेपछि ५ घण्टासम्म लगातार काम गर्न सक्छन् । होटेलको मुख्य ढोकामा एक रोबोट उभिएको हुन्छ । उसको हातमा लेखिएको छ, सुकाइफाइ रेष्टुरेन्ट । यो अत्याधुनिक सुकाइफाइ रेष्टुरेन्ट आजभोलि चीनमा निकै लोकप्रिय बनेको छ ।