बाबुले मारे आफ्नै छोरालाई

माघ ३ – पश्चिम स्याङ्जाको पिढीखोला गाविस–८ जोगीमाराका ६८ वर्षीय वृद्ध पदमबहादुर क्षेत्रीले लौराले हानेर आफ्ना ३९ वर्षीय छोरा श्यामबहादुरको हत्या गरेका छन् ।

डा. प्रहरी कार्यालय वालिङका अनुसार गएराति मादक पदार्थ सेवन गरेर आमालाई कुटेको भन्दै बाबुले छोरालाई टाउकामा लौरोले हान्दा श्यामबहादुरको मृत्यु भएको हो । गएराति घाइते भएका श्यामबहादुरको अत्याधिक रक्तश्रावका कारण आज मृत्यु भएको हो । मृत्यु भएका श्यामबहादुरको शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको छ भने अभियुक्त पदमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले जानकारी दिए ।