तिमी यति सुन्दरी छौ…(भिडियो)

युवा गजलकार प्रदिप चापागाईको एकल गजल एल्बम ‘गुमनाम’ मा समावेश एक गीतको म्युजिक भिडियो तयार भएको छ । गायक शिव परियारले आवाज भरेको ‘तिमी यति सुन्दरी छ्यौ’ बोलको गीतको भिडियोलाई सौरभ मानन्धरले निर्देशन गरेका हुन् रमेश शर्माको सम्पादन रहेको भिडियोमा दीपा श्रेष्ठ र अस्बिन बस्यालको अभिनय छ । सुरेश गैरेले संगीत भरेको गीतको भिडियोको छायांकन सिड्नीका कायमा, राइड, ब्राइटन बिच लगायतका स्थानमा गरिएको हो । भिडियोमा उशा बारीयाले नृत्य निर्देशन गरेकी छिन् ।